हिमालयन लाइफको वार्षिक साधारण सभा आज बस्दै, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज असार १० गते मंगलबार बस्दैछ । सभा, आम्रपाली बैंक्वेट, थिरबम सडक, भाटभटेनी नक्साल काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले जेठ २८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।