अमेरिकी डलर, युरोको भाउ बढ्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । आज अमेरिकी डलर, युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज जेठ ३० गते शुक्रबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ २७ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ६७ पैसा छ । यसअघि बिहीबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३७ रुपैयाँ १२ पैसा र खरिददर १३६ रुपैयाँ ५२ पैसा कायम भएको थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५९ रुपैयाँ १४ पैसा रहेको छ भने खरिददर १५८ रुपैयाँ ४५ पैसा रहेको छ । बिहीबार १ युरोको बिक्रीदर १५६ रुपैयाँ ७० पैसा र खरिददर १५६ रुपैयाँ ०२ पैसा कायम भएको थियो । बेलायती पाउन्ड १ को बिक्रीदर १८६ रुपैयाँ ४८ पैसा र खरिददर १८५ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ५६ पैसा र खरिददर ९ रुपैयाँ ५२ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४२ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने १०० रुपैयाँ २६ पैसा र बिक्रीमा १०० रुपैयाँ ७० पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।