छिमेकीहरूसँगको सम्बन्धहरूलाई विस्तार गर्दै लाभ लिन चाहन्छौँ : उद्योगमन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले आन्तरिक लगानी प्रवर्द्धनलाई प्राथमिकता दिँदै छिमेकी मुलुक भारत र चीनसँगको आर्थिक सहयोगलाई विस्तार गर्ने योजना बनाएको बताएका छन् ।
फ्रेण्ड अफ सिल्क रोड क्लब–नेपालले मङ्गलवार काठमाडौंमा आयोजना गरेको ‘साझा भविष्यसहितको समुदायको निर्माण’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूहरू भारत र चीनसँगको सम्बन्धलाई विस्तार गर्दै उनीहरूको पुँजी, प्रविधि र अनुभवबाट लाभ लिने योजना रहेको बताए । उनले दुवै छिमेकीसँग समान रूपमा सहकार्य गर्ने बताए । मन्त्री भण्डारीले आफ्नो भू–राजनीतिक अवस्थालाई उपयोग गर्दै भारत र चीनबाट आर्थिक रूपमा कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा सरकार गम्भीर रहेको समेत बताए । उनले नेपालले आफ्नो अनुकूलतामा छिमेकी मुलुकहरूको विश्वास कमाउनुपर्ने समेत जिकिर गरे ।
उनले भने ‘अब हामी मूलतः आन्तरिक लगानी प्रवर्द्धन गर्नेकुरा पहिलो प्राथमिकता, त्यसपछि छिमेकीहरूसँग त्यहाँको पुँजी, प्रविधिलाई प्रयोग गर्ने कुरामा हामी दुई वटै छिमेकीसँग समान रूपमा, हाम्रा सम्बन्धहरूलाई विस्तार गर्ने, त्यसको लाभ लिने कुरा । छिमेकी मुलुक भारतसँग, चीनसँग दुवैका अनुभवहरू हाम्रो अनुकूलतामा मुलुकको हितमा कसरी अनुकूल बनाउन सकिन्छ रु कसरी लाभ लिन सक्छौँ रु कसरी छिमेकीपनसँगको सम्बन्धलाई विस्तार गर्न सक्छौँ रु नेपालको भूराजनीतिकलाई हामीले हाम्रो अनुकूलतामा छिमेकी मुलुकको विश्वासलाई कसरी आर्जन गर्न सक्छौँ त्यसमा हाम्रा छलफलहरू सार्थक हुनेछन्, सरकार त्यो कुरा सुन्न तयार छ ।’
उनले सरकारको नीति तथा कार्यक्रम र बजेटबाट पनि लगानीमैत्री वातावरण बनाउने कुरालाई विशेष प्राथमिकतामा राखेर संरचनात्मक रूपमा जटिलताहरूलाई पन्छाएर थुप्रै कानुनहरू परिवर्तन गरेको बताए ।

