नागरिक लगानी कोषको कर्जा भुक्तानी ‘ई पेमेन्ट’ प्रणालीबाट |
काठमाडौं । नागरिक लगानी कोषको कर्जा भुक्तानी कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीमार्फत हुने भएको छ । नागरिक लगानी कोष कर्मचारी बचत बृद्धी अवकाश कोषको कर्जा भुक्तानीलाई अनलाईन माध्यममार्फत सहजीकरण गराउन यस्तो सुविधा ल्याएको जनाइएको छ । यसका लागि नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार नागरिक लगानी कोषबाट नागरिक लगानी कोष कर्माचारी बचत बृद्धी अवकाश कोषको कर्जा भुक्तानी अनलाईन माध्यममार्फत कनेक्टपिसीबाट गर्नसकिने छ।
भुक्तानी यस प्रणालीमा आबद्ध ५० वटा बैंकका खाताबाट गर्न सकिने बैंकको भनाइ छ । उक्त सम्झौतामा नागरिक लगानी कोषका एक्सक्युसिभ डाइरेक्टर रमन नेपाल र हिमालयन बैंकका एक्सक्युसिभ अपरेटिङ अफिसर मृगेन्द्र प्रधानले हस्ताक्षर गरे ।
नागरिक लगानी कोषको कनेक्ट आइपिएस ई पेमेन्ट प्रणालीबाट हुने भुक्तानी संकलन हिमालयन बैंकमा हुनेछ । यसकालागि ऋृणीले यो प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिङ्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सक्नेछन् ।



