‘बीभीएस नेपाल’लाई नबिल बैंकको सहयोग |
काठमाडौं । नबिल बैंकले ‘बर्नस् भायोलेन्स् सरभाईभरस् नेपाल’ (बीभीएस नेपाल)लाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सो रकम आगलागीबाट पीडित बिरामीहरुको खाना, उपचार, परामर्श तथा फिजियोथेरेपीका निम्ति प्रयोग गरिने बैंकको भनाइ छ ।
बर्नस् भायोलेन्स् सरभाईभरस् नेपाल आगलागीबाट हुने हिंसा,दुर्घटनाका बिरामीका लागि काम गर्ने संस्था हो । यसले ५१० भन्दा बढी आगलागीबाट पीडित बिरामीहरुलाई चिकित्सा, सर्जिकल र पुनस्र्थापनामा सहयोग उपलब्ध गराएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले संस्थालाई रकम हस्तान्तरण गरे ।



