वासिङ्गटन डिसी डुबानमा पर्यो, ह्वाइट हाउसमा पनि भेल पस्यो |

अमेरिकाको राजधानी वासिङ्गटन डिसी भारी वर्षापछिको बाढीले डुबानमा परेको छ । भारी वर्षा पछि आएको बाढीका कारण वासिङ्गटन डिसीको ह्वाइट हाउससँगै विभिन्न क्षेत्रमा समेत असर परको हो ।
ह्वाइट हाउसमा रहेका ऐतिहासिक अभिलेख, दस्तावेज, घोषणापत्र, संविधान जस्ता महत्वपूर्ण दस्तावेजहरू सुरक्षित भएको अधिकारीले बताए ।

ह्वाइट हाउसको वेस्ट विङ्गको बेसमेन्टमा भेल पसेको जनाएको छ । यस्तै, सहरका विभिन्न क्षेत्रमा बाढी पस्दा सडक अवरूद्ध भएसँगै कतिपय यात्रुहरू त्यहीँ अड्किएका थिए ।
सडक अवरूद्ध भएपछि तिनीहरू सवारी छाडेर जान बाध्य भए र कतिपयलाई उद्धार समेत गर्न परेको एजेन्सीले जनाएको छ । राजधानीमा पानीको सतह ६∕७ फिटमाथि आएको एजेन्सीले बताएको छ । त्यस्तै, अण्डरपासमा भने २०० मिटरसम्म पानी आएको बताइएको छ ।

भूमिगत रेलमार्गहरू पनि डुबानको स्थिति सृजना भएको थियो । सहरमा अचानक बाढी पसेपछि नेसनल वेदेर सर्भिसले ठूलो बाढी आउन सक्ने अनुमान गरिएको छ ।
बाढी पसेको क्षेत्रमा सर्वसाधारणहरूलाई आवतजावत नगर्न समेत आग्रह गरिएको छ ।


तस्बिरहरू ː अन्तरराष्ट्रिय सञ्चार माध्यमबाट