अब होटल बुकिङ पनि इसेवा बाटै

काठमाडौं । अब इसेवामार्फत अनलाइन होटल बुकिङ अझै सहज र छिटो भएको छ । इसेवाले आफ्नो सेवा सूचीमा होटल बुकिङ सेवा पनि थप गरेसँगै होटल खोज्न र बुक गर्न फोन गर्नुपर्ने, वेबसाइट चहार्नु पर्ने झन्झट हटेको छ ।
इसेवाले वेबसाइट र मोबाइल एप मार्फत सहजै आफ्नो आवश्यकतानुसार होटल बुकिङ गर्न मिल्ने गरि सेवा सञ्चालन गरेको छ ।
नेपालको पहिलो र अग्रणी डिजिटल वालेट इसेवाले, देशभर रहेका २००० भन्दा बढी होटलहरूलाई एउटै प्लेटफर्ममा ल्याउँदै आफ्ना प्रयोगकर्ताहरूलाई सजिलो र छिटो होटल बुकिङ गर्न मिल्ने सुविधा ल्याएको हो ।
अहिलेसम्म मोबाइल रिचार्ज, बिजुली–पानीको बिल तिर्नेदेखि सरकारी सेवा शुल्क तिर्नेसम्मका कामलाई सहज बनाउँदै आएको इसेवाले,अब घुमघाम, व्यावसायिक यात्रा वा पारिवारिक कार्यक्रमका लागि होटल बुकिङ पनि सहज बनाएको छ। केवलकेही ट्यापमै, आफ्नो आवश्यकता र बजेट अनुसार होटल बुकिङ गर्न सकिने भएकाले यो सुविधा अझ लोकप्रिय बन्ने र जनतामा अझ सहजता ल्याउने अनुमान गरिएको छ।
इसेवामार्फत सहजै होटल बुक गर्ने तरिका :
१. इसेवा एप खोली “Hotels” मा ट्याप गर्नुहोस्
२. तपाईको गन्तव्य र प्रस्थान मिति चयन गर्नुहोस्
३. उपलब्ध रहेका होटलहरूबाट आफुलाई उपयुक्त होटल रोज्नुहोस्।
४. सम्पूर्ण विवरण भरेर बुकिङ कन्फर्म गर्नुहोस् ।
५. इसेवावालेटबाट सहजै भुक्तानी गर्नुहोस्।
यसरी बुकिङ गरेपछि होटल बुकिङ भएको वान भएको सम्बन्धी सबै जानकारी तुरुन्तै प्रयोगकर्ताको मोबाइलमै आउँछ।