सुनको मूल्य बढ्यो, चाँदी घट्यो

काठमाडौं । जेठ १६ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बिहीबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस दिन चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतीतोला १५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँ खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतीतोला एक हजार ९९५ रुपैयाँ खरिदबिक्री भएको थियो ।