मर्जरमा जान नियामक निकायले असीमित समय दिँदैन ː गभर्नर नेपाल |
काठमाडौं । नियामकले नीति कार्यान्वयन गर्न असीमित समय नदिने नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले बताएका छन् । उनले १० बर्षअघि ५० करोडको पूँजी २ अर्ब पुर्याउन असीमित समय दिँदा पालना नभएको उदाहरणसमेत दिए ।
चुक्ता पूँजी २ अर्बबाट ८ अर्ब पुर्याएका गभर्नरले दोस्रो चरणमा मर्जर गर्ने नीति लिएका बेला समय लगाएर मर्जर गर्नु पर्ने सुझाबमा भने, असीमित समय कसैलाई हुँदैन । हामीलाई सहयोग गर्नुस् ।
राष्ट्र बैंकले आगामी मौद्रिक नीतिका लागि सोमबार सरोकारवालासँग सुझाब संकलन गर्ने कार्यक्रममा मर्जरको नीतिलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
गभर्नरले सुचना प्रविधिमा ठूलो लगानीको आवश्यकता औंल्याउँदै संस्था बलियो हुँदा लगानी बढाउन सक्ने बताए । अमेरिकाजस्तो देशमा अहिले मर्जर भइरहेको बताउदै उनले भने, ‘यहाँ पनि प्रविधिमा लगानी बढाउनु पर्छ ।’


