यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज अमेरिकी डरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज जेठ ११ गते आइतबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ०५ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५५ रुपैयाँ १९ पैसा रहेको छ भने खरिददर १५४ रुपैयाँ ५१ पैसा रहेको छ ।
बेलायती पाउन्ड १ को बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा खरिद दर १८३ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३३ पैसा तोकिएको छ ।
क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ ५० पैसा र बिक्रीमा ९८ रुपैयाँ ९३ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।