नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ बन्द

काठमाडौं ।नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघले आयोजना गर्न लागेको नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ बन्द भएको छ ।
‘गतिशीलता मार्फत विकासलाई सशक्त बनाउँदै’ भन्ने सन्देशसहित नाईमाले ६ देखि १० अगस्ट २०२५ (२१ देखि २५ श्रावण २०८२) सम्म काठमाडौँको भृकुटी मण्डपमा आयोजना हुने नेपाल नेपाल मोबिलिटी एक्स्पो २०२५ को पहिलो संस्करणको बुकिङ बन्द भएको घोषणा गरेको हो।
प्रदर्शनीको लागि स्टल बुकिङले अत्यधिक प्रतिक्रिया पायो र कुल ४४ उपलब्ध स्टलहरूमध्ये ४८ स्टलहरूको लागि आवेदन परेको छ । उद्योगका सबैलाई समेट्न थप स्टलहरू बनाउनु परेको नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघकी अध्यक्ष रितु सिंह वैद्यले बताइन् ।
नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ नाईमाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको गतिशीलता क्षेत्रको प्रतिनिधित्व, रणनीतिक सहकार्य, विकास र सामूहिक आवाजको वकालत गर्न एकीकृत प्लेटफर्मको रूपमा काम गर्दछ।
नेपाल मोबिलिटी एक्स्पो २०२५ ले आगन्तुक र प्रदर्शक दुवैलाई पहिलेभन्दा बढी मूल्य र अनुभव प्रदान गर्ने कार्यक्रम मार्फत अटोमोबाइल प्रदर्शनीमा पूर्ण रूपमा नयाँ दृष्टिकोण प्रस्तुत गर्नेछ र अत्याधुनिक गतिशीलता समाधानहरू र नेपालमा विकसित हुँदै गइरहेको गतिशीलता संस्कृति प्रदर्शन गर्ने एक कोसेढुङ्गा कार्यक्रम हुने जनाईएको छ ।
प्रदर्शनी प्रदर्शनी व्यवस्थापन र आयोजनाको क्षेत्रमा अग्रणी संस्था मिडिया स्पेस सोलुसन्स प्रालिद्वारा व्यवस्थित र क्युरेट गरिनेछ। एक्स्पोमा सहभागी हुने चार पाङग्रे ब्राण्डहरुमा BYD, Citroen, Forthing, Great Wall Motors, Henrey Volts, Hyundai, Kaiyi, KIA, Leapmotor, LEV 1, Mahindra, Maxus, Mazda, MG, Mitsubishi, Nissan, Omoda & Jaecoo, Peugeot, Proton, Renault, Toyota, Volkswagen, Zeekr रहेका छन् ।
त्यस्तै दुई पाङग्रे सवारी ब्रान्डहरूमा Ampear, Ather, Bajaj, Benelli, CFMoto, Gogoro, Honda, KTM, Mahindra, NIU, Revolt, Royal Enfield, Segway-Ninebot, Suzuki, Triumph, TVS, Ultraviolette, Yadea, Zeeho रहेका छन् ।
अन्य सहभागी व्यावसायिक सवारी साधन ब्रान्डहरूमा Chery Wanda, Dongfeng, Farizon, Huazi, Kama, Karry, Kinglong, Sunlong रहेका छन् ।