सिन्धु विकास बैंकको टाँडी र पर्सामा नयाँ शाखा, मकवानपुरमा पनि खोल्दै |
काठमाडौं । सिन्धु विकास बैंकले चितवन जिल्लाको टाँडी र पर्सा बजारमा बैंकको शाखा स्थापना गरेको छ । टाँडी शाखाको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्घाटन गरे ।
पर्सा शाखाको खैरहनी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष टेकबहादुर आचार्यले उद्घाटन गरे । सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले बैंकको हाल सम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा जानकारी गराएका थिए । बैंकले निकट भविष्यमा नै चितवन जिल्लाको अन्य स्थानहरुमा र मकवानपुर जिल्लामा पनि शाखा विस्तार गर्दैछ ।



