एनआईसी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच सम्झौता |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र सुजुकी ड्राइभिङ स्कुल प्रालि ललितपुरका बीच बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गहरुलाई ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा क्यूआर पेमेन्ट तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १०% सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । क्यूआर पेमेन्टका लागि सर्वसाधारणले एनआईसी एशियाको मोबाइल एपमार्फत् क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् । उक्त भुक्तानीबारे एसएमएसबाट जानकारी प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बिजनेस शाखाका इन्चार्ज रौनक करवाले हस्ताक्षर गरे भने सुजुकी ड्राइभिङ स्कुलको तर्फबाट स्कुलका अध्यक्ष राजन क्षेत्री र प्रमुख कार्यकारी अधिकृत विवेक जंग थापाले हस्ताक्षर गरेका छन् ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८५ शाखा कार्यालयहरु, ३०० एटीएम, ४७ वटा एक्स्टेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।


