प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वर काठमाडौंमा बिहन ११ बजे सुरु हुनेछ । बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने सम्भावित कार्यसूची पनि रहेको छ ।