शेर्पा संघलाई शेर्पा किदुग संयुक्त मञ्चले बुझायो ज्ञापनपत्र

काठमाडौँ । नेपाल शेर्पा किदुग संयुक्त मंचले नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पा लामा ज्यू समक्ष संघ संस्थाहरूको संयुक्त धारणा सहितको ज्ञापन पत्र बुझाएको छ ।
किदुग संयुक्त मंचका संयोजक तथा कुलुङ शेर्वी किदुगका बर्तमान अध्यक्ष ङिमा नुर्वु शेर्पाको नेतृत्वको टोलीले बुधबार नेपाल शेर्पा संघको केन्द्रिय कार्यलय नारायणटरमा अध्यक्ष शेर्पालाई भेटेर ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा नेपाल शेर्पा संघको संशोधित छैटौं विधान २०८१ मा शेर्पाहरूको नाममा आधिकारिक दर्ता गरि समुदायमा भेषभुषा, भाषा, धर्म कला संस्कार संस्कृति लगायतका समुदाय लक्षित कार्यक्रम आईरहेका संघ संस्था किदुग समाज ब्लव संस्था विचमा एकरूपता समान व्यबहार र प्रतिनिधित्वको सुनिस्चित प्रकृया झन्झटिलो र विभेदपुर्न ढंगबाट प्रतिनिधि ब्यावस्थापन गर्ने प्रकृया हाम्रो लागि मान्य नहुने विषय लगायत ज्ञापन–पत्रमा उल्लेख गरिएको छ ।
नेपालको संबिधान २०७२ संस्था दर्ता ऐना २०३४ बमोजिम स्थानिय निकाय जिल्ला प्रशासन कार्यलयमा विधिवत रुपमा दर्ता भइ संचालनमा रहेका संघ संस्था किदुग,समाज, तथा क्लवलाई नेपाल शेर्पा संघले हालै संशोधित छैटौं विधानले विभेदकारी दृष्टिकोणबाट परिभाषित गरिको र महाधिवेशन प्रतिनिधि छनोट गर्ने विषयमा एकरुप व्यबहार र सम्मानजनक प्रतिनिधित्वको सुनिश्चितता नभएकोप्रती शेर्पा समुदायमा क्रियाशिल किदुग तथा संस्थाहरुको गम्भीर असन्तुष्टि रहेको किदुग मंचका संयोजाक तथा कुलुङ किदुगका अध्यक्ष निमा शेर्पाले बताउनुभयो ।
हाल नेपाल शेर्पा संघको संघिय सातौं अधिबेशन २०८२ साल जेठ २३ र २४ गते काठमाडौंमा आयोजना हुने तयारी अन्तिममा चरणमा रहेको सन्दर्भमा सम्पूर्ण किदुग तथा संस्थहरुलाई सम्मानजनक प्रतिनिधित्वको सुनिश्चितता र महाधिवेशन प्रतिनिधि छनोट एकरुप व्यबहार नगरिएमा संयुक्तरुपमा नेपाल शेर्पा संघका भावी सामाजिक कार्यक्रम तथा गतिविधिहरुमा सम्पुर्ण किदुग तथा संस्थाहरु सहभागी नहुने ध्यानाकर्षण गरिएको छ ।
दीर्घकालीन सामुदायको क्रियाशिल हितमा अग्रणी भुमिका निर्वाह गर्दै आएका किदुग,समाज, क्लवहरुलाई असमान व्यबहार,अस्पष्ट प्रक्रिया र विभेद्कारी दृस्ठिकोण अपनाइएको हुँदा यसले भविष्यमा शेर्पा समुदायको अधिकारमुखी कार्यहरुमा गम्भीर प्रभाव पर्न सक्ने भन्दै नेपाल शेर्पा संघले यस विषयलाई गम्भीरतापूर्वक नलिए किदुग मंचले नेपाल शेर्पा महासंघ गठन समेत गर्ने चेतावनी दिएका छन् ।