कर्मचारीलाई अन्तरराष्ट्रिय स्तरको तालिम दिन जनता बैंकको एलएएनसँग समझदारी |
काठमाडौं । जनता बैंक र लिडरसिप एकेडेमि नेपाल (एलएएन) बिच कर्मचारीको क्षमता अभिबृद्धि र नेतृत्व बिकास तालिम सम्बन्धि संझौता भएको छ ।
बैंकका विभिन्न तहका कर्मचारीहरुलाई अन्तरराष्ट्रिय स्तरको शिक्षा तथा तालिम संचालन गर्न सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुरामकुँवर क्षेत्री र एलएएनका फाउण्डर अरुणराज जोशीले हस्ताक्षर गरेका छन् ।
एनएएनले अमेरिकाको राइस युनिभर्सिटी बिजिनेस स्कुलको सिप बिकास, ब्यबसायिकक दक्षता तथा नेतृत्व बिकास सम्बन्धि शिक्षा आवश्यकता अनुसार तालिम प्रदान गर्नेछ । अनलाइन कोर्स, गोष्ठि तथा सेमिनारहरु मार्फत तालिम दिइने छ ।
एलएएनले विशेषगरी एड्भान्स लिडरसिप प्रोग्राम, एक्जुकेटिभ लिडरसिप प्रोग्राम, अनलाइन राइस डेलिभरी जस्ता कार्यक्रममार्फत शिक्षा प्रदान गर्नेछ । यस किसिमको शैक्षिक तथा तालिमको माध्यमबाट बैंकका कर्मचरीहरुको कार्य दक्षता तथा ब्यबसायीक कुशलता अभिभृद्धि हुनुको साथै उनीहरुको नेतृत्व क्षमता बिकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विज्ञप्तिमा उल्लेख छ ।


