काठमाडौं मोडल कलेजमा रिसर्च आर्टिकल लेखन कार्यशाला

काठमाडौं । काठमाडौं मोडल कलेज (केएमसी), बागबजारले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) नेपालको सहकार्यमा ११ वैशाखदेखि १३ गतेसम्म तीनदिने ‘रिसर्च आर्टिकल लेखन कार्यशाला’ सम्पन्न गरेको छ ।
कार्यशालामा काठमाडौंका १० वटा कलेज तथा विश्वविद्यालयहरूबाट ६० जना प्राध्यापक र अनुसन्धानकर्ताहरूले सहभागिता जनाएका थिए ।
उक्त सहभागिताले शैक्षिक गतिविधि आदान प्रदान र अनुसन्धान प्रवर्द्धनका लागि एक जीवन्त प्लेटफर्म निर्माण गरेको आयोजकको भनाइ छ ।
कार्यशालाको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले गरेका थिए । कार्यक्रममा उनले अनुसन्धान लेखन सिपले शैक्षिक उत्कृष्टता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
सहभागीहरूमा विभिन्न शैक्षिक संस्थाहका प्राध्यापक तथा एमफिल र पीएचडी तहका शोधाकर्ताहरू समावेश थिए ।
कार्यशालामा सहप्राध्यापक डा. भरतसिंह थापा, सहप्राध्यापक डा. रेवानकुमार दाहाल, डा. अमिना सिंह, सहप्राध्यापक डा. सुरेन्द्र महतो विश्वकर्मा, सहप्राध्यापक डा. प्रकाश पौडेल, सहप्राध्यापक डा.दिनेश बस्नेत, प्राडा अर्हान स्थापित र प्राडा महानन्द चालिसे लगायतले १२ वटा विषयमा प्रशिक्षण दिएका थिए ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राडा महानन्द चालिसेले कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।
उनले निजी शैक्षिक संस्थाहरूमा बढ्दो अनुसन्धान पहलको प्रशंसा गर्दै त्रिभुवन विश्वविद्यालयको निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गरे ।
कलेज प्रमुख सुरेन्द्र सुवेदीले अनुसन्धान संस्कृतिको प्रवर्द्धनमा केएमसीको दृढ प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौं मोडल कलेज अन्तर्गत अनुसन्धान अनुसन्धान समितिका संयोजक प्राडा श्रीधर गौतमले कार्यशालाको सफलताप्रति सन्तोष व्यक्त गर्दै सहभागीहरूलाई बधाइ ज्ञापन गरे ।