जनता बैंकद्वारा धनगढीका हावाहुरी पीडितलाई डेढ लाख सहयोग |
काठमाडौं । जनता बैंकले धनगढीका हावाहुरी पीडितलाई आर्थिक सहयोग गरेको छ ।
धनगढी उपमहानगरपालिका प्रकोप ब्यबस्थापन कोषमा बैंकले डेढ लाख रुपैयाँ नगद दिएको हो । बैंकका सुदुरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख मुकुन्दप्रसाद भट्टले उपप्रमुख सुशीलामिश्र भट्टलाई नगद हस्तान्तरण गरे ।
यो रकम पीडितको पुर्नस्थापनाको क्षेत्रमा खर्च गर्ने बैंकले जनाएको छ ।




