भेस्पा र अप्रिलियाको एक्सचेन्ज अफर : दुईपांग्रे एक्सचेञ्जमा १५,००० सम्मको अतिरिक्त मूल्यांकन

काठमाडौँ । नेपालमा भेस्पा र अप्रिलिया दुईपांग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा. लि.ले अपग्रेड टू प्रिमियम नामक एक्सचेञ्ज अफर सार्वजनिक गरेको छ ।
वैशाख १७ बाट सुरु हुने यस एक्सचेञ्ज अफरमा आफ्नो कुनै पनि ब्रान्डको पुरानो दुईपांग्रे ल्याएर भेस्पा र अप्रिलियाको उत्कृष्ट, गुणस्तरीय र विश्वसनिय स्कुटरसँग एक्सचेञ्ज (सटही) गर्न सकिने कम्पनीले जनाएको छ ।
यस अफरअन्तर्गत, ग्राहकहरूले जुनसुकै ब्रान्ड वा अवस्थाको पुरानो दुईपांग्रे सवारी एक्सचेन्ज गर्दा भेस्पा वा अप्रिलिया साट्दा अतिरिक्त रु. १५,००० सम्मको मूल्यांकन प्राप्त गर्न सक्छन् भने अन्य ब्रान्डमा रु. १२,००० सम्मको अतिरिक्त मूल्य प्राप्त गर्न सकिनेछ । साथै, नगद खरिदमा ग्राहकहरूले रु. १०,००० को निश्चित नगद छुट र हेलमेट, स्कुटर कभर, र फुट म्याट जस्ता निःशुल्क एसेसोरीहरू प्राप्त गर्नेछन् ।
यो अफर अन्तर्गत मासिक किस्ता केवल ४.९९ प्रतिशत ब्याजदरबाट सुरु हुने आकर्षक वित्तीय योजना पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ, जुन यस वर्गमा सबैभन्दा कम दर भएको कम्पनीले दाबी गरेको छ । जसले प्रिमियम स्कुटरमा अपग्रेड गर्नु पहिले भन्दा निक्कै सजिलो बनाएको जनाएको छ ।
यो अफर २०८२ वैशाख १७ देखि २३ गतेसम्म नेपालभर लागू हुने भएकोले उपत्यका बाहिरका सबै भेस्पा र अप्रिलिया शोरूमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । अफर अवधि भरी ग्राहकहरूले विभिन्न सुविधाहरू पनि पाउनेछन् । इजी फानान्सिङ्ग, आकर्षक क्यास डिस्काउन्ट, उत्साहजनक एक्सचेन्ज बोनस तथा तुरुन्त सबैभन्दा उत्कृष्ट मूल्याकंन साथै, ग्राहकहरूले हरेक टेस्ट ड्राइभमा विभिन्न उपहारसमेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।