टाटा मोटर्सले मनायो योग दिवस |
काठमाडौं । अन्तरराष्ट्रिय योग दिवसका अवसरमा सिप्रदी र टाटा मोटर्सद्वारा नेपालका १६ मुख्य शहरहरूमा योग कार्यक्रम मनाइएको छ ।
पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्मक मुख्य शाखाहरूमा योग दिवसको अवसरमा योग शिविर तथा सरसफाई कार्यक्रमको आयोजना गरिएको हो ।
एक हजार वर्ष पुरानो योग शारीरिक, मानसिक तथा आध्यात्मिक अभ्यास हो । योग अभ्यास गर्नेहरूमा योगले प्रदान गर्ने फाइदाहरूको पहिचान स्वरूप संयुक्तराष्ट्रसंघले केही वर्ष अघि यो योग दिवस मनाउने निर्णय गरेको थियो । अहिले धेरै देशहरूले आत्मसात गरेको यो विश्वव्यापी पहलमा सिप्रदी पनि सहभागी भएको हो ।




