देवː विकास बैंकको नयाँ शाखा सुर्खेतको एरिचोकमा |
काठमाडौं । देवː विकास बैंक लिमिटेडको वीरेन्द्रनगर नगरपालिका, वडा नं ०४ स्थित एरिचोकमा नयाँ शाखा संचालनमा आएको छ । उक्त शाखाको उद्घाटन आइतबार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, देव कुमार सुवेदीले गरेका थिए ।
बैंकका संचालक समितिका अध्यक्ष अवकास प्राप्त उपरथी बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा बिशेष मन्तव्य दिदैं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले महिला सशक्तिकरणलका लागि महिला उद्यमशीलतामा जोड दिएका थिए ।
उपरोक्त कार्यक्रममा स्वागत मन्तव्य दिदैं बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न तथा सेवाग्राहीहरुलाई सहज वित्तीय पहुँचका साथै निक्षेपकर्ता, स्थानिय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने बताए ।
कार्यक्रममा बैंकको गतिविधि माथी प्रकाश पार्दैं बैंकका संचालक समितिका सदस्य बिजयराज शर्मा भुसालले स्थानीय उत्पादकत्व बढाउन स्थानीय श्रोत परिचालन गरी बैंकले लघु वित्त, साना तथा मझौला व्यवसायमा केन्द्रित रहने र कर्णाली प्रदेशमा आगामी दिनहरुमा थप शाखा संचालन गरी सेवा विस्तार गरीने जानकारी गराए ।
सोही कार्यक्रममा शुभकामना मन्तव्य दिदैं उद्योग वाणिज्य संघ, सुर्खेतका महासचिब लक्ष्मण कँडेलले कर्णाली प्रदेशको उत्पादकत्वको बृद्धिका लागि व्यवसायिक क्षेत्रको साथसाथै सामाजिक क्षेत्रमा समेत बैंकले लगानी गर्नु पर्ने विचार व्यक्त गरे ।
यसै गरी वीरेन्द्रनगर नगरपालिका, वडा नं. ०४ का वडा अध्यक्ष, नीलकण्ठ खनालले यस वडामा देवː विकास बैंकको उपस्थितिले वडा क्षेत्रको आर्थिक गतिविधिलाई अझ फराकिलो बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका, वडा नंं ०३ का महिला सदस्य रामकुमारी थापा, नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेशका कार्यकारी प्रमुख, महेश केशर खनाल लगायत समाजसेवी, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख, व्यापारी, स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको रहेको थियो ।



