अनाथ बालबालिकाका लागि कतार एयरवेजद्वारा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना |
काठमाडौँ । रमादानको पवित्र महिना र ईदको अवसरमा कतार एयरवेजले कतार च्यारिटीसँगको सहकार्यमा प्रयास नेपाल, अन्डरप्रिभिललेज्ड् चिल्ड्रेन्स एजुकेशन प्रोग्राम (युसीईपी) नेपाल, मैत्रेय फाउण्डेशन नेपाल र साङ्ग्रिला अर्फनेज होम गरी काठमाडौँका चार अनाथालयका १०० बालबालिकाहरुका लागि विशेष कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौँको होटल अन्नपूर्णमा आयोजित उक्त कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाको विशेष उपस्थिति रहेको थियो । जादु प्रदर्शन, फेस–पेन्टिङ, बाउन्सी क्यासल र विभिन्न खेल र मनोरञ्जनात्मक गतिविधिहरुले भरिपूर्ण कार्यक्रममा उनलेले बालबालिकाहरुलाई उपहारहरु पनि प्रदान गरिन ।

नेपालका लागि कतार एयरवेजका स्थानीय प्रमुख मोहम्मद एल ईमामले भने,“ईदको पवित्र अवसरमा कतार एयरवेजको यस कार्यक्रममार्फत यी बालबालिकाहरुको अनुहारमा खुसी ल्याउन पाएकोमा हामी पनि निकै खुसी छाँै । कतार च्यारिटीसँगको सहकार्यमा सञ्चालित यस अभियान नेपाली समुदायलाई सेवा गर्ने हाम्रो प्रतिबद्धताको एक उदाहरण पनि हो र यी अनाथालयका बालबालिकाहरुका लागि यति गर्ने अवसर प्राप्त गर्दा हामी अत्यन्तै कृतज्ञ पनि छौँ । ”
Visited 1 times, 1 visit(s) today


