असारदेखि काठमाडौं उपत्यकामा दिनभर मालवाहक सवारी साधन चलाउन रोक, अत्यावश्यक सेवालाई छुट |
काठमाडौं । सरकारले असारदेखि काठमाडौं उपत्यकाभित्र दिनभर सबै खालका मालबाहक सवारीसाधन संचालनमा रोक लगाउने भएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहालको संयोजकत्वमा जेठ १६ गते बसेको बैठकले उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउन सबै खालका मालवाहक सवारीसाधन संचालनमा रोक लगाउने निर्णय गरेको हो । निर्माण समाग्री, खाद्यान्न,वोक्ने भ्यान लगायतका सबै प्रकारका मालवाहक सवारीसाधन संचालनमा रोक लगाउन लागिएको हो । पानी, दूध, अक्सिजन लगायतका आपतकालीन र अत्यावश्यक सेवामा प्रयोग भएका सवारीसाधनलाई भने कुनै रोक लगाइने छैन ।
विभागका महानिर्देशक दहालका अनुसार उपत्यकामा अत्यधिक सवारीचाप न्यूनीकरणका लागि सवारीसाधन संचालनमा रोक लगाउन लागिएको हो । उनले नयाँ व्यवस्थाले ८ बजेनै सुत्ने राजधानी शहरलाई रातमा समेत केही समय ढिला सम्म जीवन्त बनाउने र रात्रीकालीन रोजगारीका अवसर समेत दाबी गरे । यो नियम शनिवार र सरकारको विदाका दिनमा भने लागु हुने छैन्। यदि कसैले नियमको उल्लङघन गरे सवारी ऐन अनुसार जरिवाना हुने विभागले जनाएको छ ।
दहालका अनुसार नाकामै मालवाहक सवारीसाधनलाई रोकिने छ । समय भएपछि मात्रै ती सवारीसाधन उपत्यका छिर्न पाउनेछन्। साथै सुस्त गतिका सवारीसाधन समेत उपत्यकामा संचालनमा रोक लगाउने तयारी भएको छ । यस अघि विभागले रिङरोडभित्र ठूला मालवाहक सवारीसाधन संचालनमा रोक लगाईएको थियो ।
विभागका अनुसार काठमाडौं तथा ललितपुरको चक्रपथ भित्रको सबै क्षेत्रमा निषेध गरिने भएको छ । भक्तपुरको भित्री शहरी क्षेत्र, काठमाडौं तथा ललितपुर जिल्लाका चक्रपथ बाहिरका चावहिल(जोरपाटी सडक, गोपीकृष्ण ( कपन सडक, नारायणगोपाल चोक–बुढानीलकण्ठ सडक, बसुन्धरा क्षेत्र, सामाखुसी ग्राण्डी अस्पताल सडक,वागडोल नख्खु सडक, सातदोबाटो हरिसिद्धि सडक,ग्वार्को चापागाँउ सडकमा दिनभर मालवाहक सवारीसाधन संचालन गर्न नपाईने भएको छ ।
Visited 1 times, 1 visit(s) today


