नबिल इन्भेष्टमेन्टमा हितग्राही खाता खोल्न र शुल्क तिर्न अनलाइनबाटै मिल्ने |
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले ग्राहकहरुको सुबिधाका लागि हितग्राही खाता संचालनको वार्षिक नविकरण शुल्क तथा मेरो शेयरको वार्षिक नविकरण शुल्क सिधै अनलाईन भुक्तानी गर्न मिल्ने गराएको छ । साथै नयाँ हितग्राही खाता अनलाईन मार्पmत नै खोल्न मिल्नेसमेत बनाएको छ ।
ग्राहकले अनलाईन मार्फत भुक्तानी गर्दा नविल इन्भेष्टमेन्टको वेभसाइट www.nabilinvest.com.np मा Online Demat मा गई भुक्तानी गर्न वाँकी रकम यकिन गर्न सक्नेछन् र नबिल बैंकको अनलाईन कार्ड सुविधा, खल्ती तथा ई–बैकिङ्गबाट भुक्तानी गर्ने व्यवस्था मिलाइएको जनाएको छ । नबिल बैंक वाहेकका अन्य बैंकहरुमा खाता रहेका ग्राहकहरुले पनि सिधै भुक्तानी गर्न सक्नेछन् ।
साथै लगानीकर्ताहरुले नयाँ हितग्राही खाता खोल्नका लागि अनलाईन मार्फत फाराम भर्न सक्नेछन् । सो फाराम भरेको ३० दिन भित्र आफ्नो सक्कल नागरिकता सहित कम्पनीमा स्वयं उपस्थित भए पश्चत् मात्र हितग्राही खाता खोलिने व्यवस्था समेत मिलाईएको छ ।
Visited 1 times, 1 visit(s) today


