एनआईसी एशियाले थप्यो दुई शाखारहित बैंकिङ सेवा विस्तार, पुग्यो झापाको घेराबारी र स्याङजाको आँधीखोलामा |
काठमाडौं । एनआईसी एशिया बैंकले थप दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले झापाको केचनाकवल घेराबारी र स्याङजाको आँधीखोला पञ्चमूलमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।
झापाको घेराबारीमा सञ्चालनमा ल्याइएको सो शाखाको बैंकका दमक क्षेत्रीय कार्यालयका प्रबन्धक विशाल घिमिरेले उद्घाटन गरेका छन् भने आँधीखोला पञ्चमूलमा सञ्चालनमा ल्याइएको बैंकिङ सेवाको पञ्चमूल गाउँपालिका १ का वडा अध्यक्ष लोकप्रसाद ढकालले उद्घाटन गरेका छन् ।
घेराबारी शाखाको बजार प्रतिनिधिमा पार्वती कुमारी राजवंशी तथा पञ्चमूल शाखाको बजार प्रतिनिधिमा भने गंगाधर ढकाललाई नियुक्त गरिएको छ । बैंकले २ सय ८४ शाखा, २ सय ८९ एटीएम, ४२ एक्स्टेन्सन काउण्टर एवं ३१ शाखारहित बैंकिङ ईकाईमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
Visited 1 times, 1 visit(s) today


