सिमेन्ट र रड स्वदेशी उत्पादन नै प्रयोग गर्न जोड |
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सिमेन्ट, छड लगायतका पूर्वाधारका सामाग्री सकेसम्म स्वदेशी उत्पादन नै प्रयोग गरिने बताएका छन् । सरकारले निर्माण गर्ने पूर्वाधारमा समेत स्वदेशी सिमेन्ट, रड लगायतका सामाग्री प्रयोग गर्ने नीति लिइने बजेटमा उल्लेख गरेका छन् ।
उदयपुर र हेटौंडा सिमेन्ट कारखानाको क्षमता बढाइने भएको छ । बजेटमा औद्योगिक पुर्वाधार विकासका लागि २ अर्ब ८७ करोड छुट्याइएको छ । उद्योगलाई सहकारी र निजी क्षेत्रसँग मिलेर सञ्चालन गरिने उल्लेख छ ।



