सनराइज बैंकद्वारा एकैदिन ४ शाखा विस्तार, पस मेसिन मार्फत कारोबार गर्न सकिने |
काठमाण्डौं । सनराइज बैंकले एकैसाथ ४ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले रुपन्देहीको मायादेवी गाँउपालिका ५ पर्साहवा र ओमसतिया गाँउपालिका ६ मझौली, महोत्तरीको बर्दिवास नगरपालिका ११ खयरमारा र सिराहाको लक्ष्मीपुर पतारी गाँउपालिका १ रामपुर बजारमा शाखा विस्तार गरेको हो ।
पोइन्ट अफ सेल (पस) मेसिन मार्फत बचत तथा भुक्तानीका लागि शाखा नभएको स्थानमा समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जानकारी दिएको छ ।
विस्तारित ४ शाखारहित बैंकिङ सेवासँगै शाखा संख्या ३३ पुगेको छ ।
Visited 1 times, 1 visit(s) today


