कतार एयरवेजद्वारा ‘समर इन कतार’का लागि कतार राष्ट्रिय पर्यटन परिषद्सँग सहकार्य |
दोहा, कतार । कतार एयरवेजले विश्वको १६० भन्दा बढी गन्तव्यबाट दोहासम्मको उडानका लागि १५ अगस्टसम्मको सम्पूर्ण बुकिङमा यात्रुहरुलाई ‘समर इन कतार’को अनुभव गराउन विशेष छुट योजना सार्वजनिक गरेको छ । एयरवेजले विभिन्न गतिविधिको अनुभव गराउने उद्देश्यले २५ प्रतिशतसम्मको छुट प्रदान गर्न कतार राष्ट्रिय पर्यटन परिषद् (क्यूएनटीसी) सँग सहकार्यमा गरेको छ ।
हमाद अन्तरराष्ट्रिय विमानस्थल (एचआईए) मार्फत आगमन, प्रस्थान तथा ट्रान्जिट गर्नुहुने यात्रुहरुले कतार एयरवेजको विशेष अल माहा सेवामा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । आफ्नो टिकट बुक गर्नका लागि www.qatarairways.com/SummerInQatar मा गएर टिकट बुक गर्न सकिने कम्पनीले विज्ञेप्ति मार्फत जानकारी गराएको छ ।
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा कतार राष्ट्रिय पर्यटन परिषद्का महासचिव अकबर अल बकरले भने,“कतारको अद्वितीय संस्कृति तथा आतिथ्य अनुभव गराउन यस वर्षको ग्रीष्म मौसमले पर्यटकहरुलाई लक्षित गरेको छ । जुनदेखि मध्य अगस्ट सम्म ‘समर इन कतार’ ले अतिथिहरुलाई जुन ४ मा सुरु हुने इद–अल–फितर र १२ अगस्टमा हुने इद–अल–अधाका बीचमा विभिन्न उत्सवहरुमा सहभागी हुने अवसर प्रदान गर्नेछ ।”



