एनआईसी एशिया बैंक र एभरेष्ट अस्पतालबीच सम्झौता, स्वस्थ्य उपचारमा १० प्रतिशत छुट |
काठमाडौं । एनआईसी एशिया बैंक र एभरेष्ट अस्पताल प्रालिबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले एभरेष्ट अस्पतालमा स्वास्थ्य उपचार गराउँदा अस्पतालका विभिन्न सेवामा ५ देखि १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र अस्पतालका प्रशासन प्रमुख दीपक चन्द्र बरालले सो सम्झौतामा हस्ताक्षर गरेका छन् । बैंकले २ सय ८३ शाखा, २ सय ८९ एटीएम, ४१ एक्सटेन्सन काउण्टर एवं २६ शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।



