जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठनद्वारा सम्मानित |
काठमाडौँ । जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (सेल) द्वारा सम्मानित भएको छ ।
यही मे महिनामा भारतको राजधानी नयाँ दिल्लीमा आयोजित कस्टमर फेलिसिटेशन मिट २०१९ नामक कार्यक्रममा जगदम्बा स्टील्स् भारतीय कम्पनीको विश्व बजारको २०१८÷२०१९ सत्रमा सर्वोत्कृष्ट प्रदर्शनका लागि सम्मानित भएको हो ।
कार्यक्रममा उपस्थित रहेका जगदम्बा स्टील्स्का प्रमुख शंकर लाल अग्रवालले सम्मान अनिल कुमार चौधरी, अध्यक्ष तथा प्रबन्धक निर्देशक स्टील्स् अथोरटी अफ इन्डियाबाट स्वीकारेका थिए । नेपालको तर्फबाट निर्यातको श्रेणीमा मनोनयित हुने जगदम्बा एक मात्र कम्पनी रहेको थियो ।
स्टील अथोरटी अफ् इण्डियाले आफ्ना ग्राहकप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम संगठन र यसका ग्राहकहरुबीचको चिरस्थायी सहकार्यप्रति समर्पित गरिएको थियो ।



