काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले प्रदेश नम्बर १ सुनसरीकोे धरान उपमहानगरपालिका वडा नं. ६ स्थित पानवारीमा शाखा खोलेको छ ।
अब बैंकको शाखा संख्या २१९ पुगेको छ ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा शाखा पुगेको छ । बैंकका १७२ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ इकाइ रहेको छ ।