काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न गरेको छ । पौष ९ गतेदेखि १३ गतेसम्म सो क्याम्प भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएको थियो ।