सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो मेसेजिङ एपहरुलाई एकिकृत गर्ने योजना अगाडि सारेकोे छ । यदि त्यसो भएमा प्रयोगकर्ताले फेसबुक मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपबीच एकबाट अर्कोमा मेसेज पठाउन सक्नेछन् ।
ʽफोर्टनाइटʼ, ʽपोकेमोन गोʼ समेतका लोकप्रिय ʽभिडियो गेमʼ उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबैभन्दा उच्च हो ।
काठमाडौं । सूचना, प्रविधि तथा विज्ञानका अत्याधुनिक उपकरणको मेला क्यान इन्फोटेक शुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मेला उद्घाटन गरेका छन् ।
दक्षिण कोरियाली कम्पनी एलजी इलेक्ट्रोनिक्सले फाइभ जी स्मार्टफोन सार्वजनिक गर्दै छ । कम्पनीले आगामी फेब्रअरी २४ मा स्पेनको बार्सिलोनामा हुने मोबाइल वल्र्ड कंग्रेसका अवसरमा आफ्नो पहिलो फाइभ जी स्मार्टफोन लञ्च गर्ने घोषणा गरेको छ ।
नयाँ वर्ष सन् २०१९ को सुरुवातमै निकै गम्भीर साइबर आक्रमण भएको खुल्न आएको छ । साइबर सेक्योरिटी शोधकर्ता ट्रोय हन्टले उक्त डाटा लिकबारे पत्ता लगाएका हुन ।
काठमाडौं । स्मार्ट मोबाईल फोनको लागी नेपालकै उत्कृष्ट सुबिधा सम्पन्न मोबाईल हब सीटीसी मोबाईल हब सुन्धारामा यही माघ १२ गते शनिबार देखि एक हप्ताको लागी मेघा एक्सचेन्ज मोबाईल मेला शुरु हुने भएको छ ।
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ तेस्रो साता आयोजना गर्न लागेको क्यान इन्फोटेक २०१९ को सम्पूर्ण तयारी पूरा भएको छ । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्नेछ ।
ह्वाट्सएपले विश्वभरका प्रयोगकर्ताका लागि मेसेज फरवार्ड गर्नमा सीमा तय गरेको छ । अब एकजना प्रयोगकर्ताले एउटा मेसेजलाई अधिकतम पाँच पटकसम्म मात्र फरवार्ड गर्न सक्नेछन् ।