काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो निकै सरहना गरिएको ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ कार्यक्रमलाई थप पाँच वर्षका लागि निरन्तरता दिन ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पससंग सम्झौता गरेको छ । नयाँ सहमति अनुसार ईन्जिनियरिङ्ग तर्फका थप दुई संकाय पनि यस पहलमा समावेश हुनेछ ।