काठमाडौं । अघिल्लो आर्थिक वर्ष २०७५∕७६ भर करिब २७ लाख दूरसञ्चार प्रयोगकर्ता थप भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्ष साउनमा तीन करोड ८६ लाख ९९ हजार दूरसञ्चार प्रयोगकर्ता रहेकोमा यस वर्षको असारसम्म यस्तो सङ्ख्या चार करोड १३ लाख ९३ हजार पुगेको छ ।
काठमाडौं । ओपोले गुगलको क्यामेराएक्स सपोर्ट गर्ने उपकरण निर्माता कम्पनीको नयाँ ब्याट्चमा आफूपनि सम्मिलित हुने घोषणा गरेको छ । क्यामेराएक्स, क्यामेरा एप डेभलपमेण्टका लागि नयाँ एण्ड्रोइड जेटप्याक सपोर्ट लाइब्रेरी हो ।
काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले एन्ड्रोइड वान–पावर्ड फोनको लाईनअपमा विश्वकै उच्चतम रिजोलुसन क्यामेरा सेटअप भएको नयाँ स्मार्टफोन एमआई ए३ नेपाली बजारमा ल्याएको छ ।
काठमाडौं । ओपोले नेपालमा ए सिरज २०२० अन्तर्गत नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । सार्वजनिकको तयारीमा रहेका लोकप्रिय ए सिरिज अन्तर्गतका उत्पादनहरुमा “एनाइन २०२०” र “एफाइभ २०२०” रहेका छन् । मध्यम बर्गिय स्मार्टफोन बजार लक्षित ओपोका सार्वजनिकको तयारीमा रहेका उत्पादनले उत्कृष्ट फोटोग्रा
४० करोड भन्दा बढी फेसबुक प्रयोगकर्ताका फोन नम्बरसहितको जानकारी अनलाइनमा सार्वजनिक भएका छन् । फेसबुकको सुरक्षा संकटको रुपमा लिइएको पछिल्लो ह्याकमा ४१ करोड ९० लाख (४१९ मिलियन) फेसबुक अकाउन्टका जानकारी सार्वजनिक भएका हुन् ।
सोसल मिडिया कम्पनी फेसबुकले एउटा नयाँ मेसेजिङ एपको निर्माणमा काम गरिरहेको छ । उक्त एपको माध्यमले प्रयोगकर्ताहरुले आफ्नो नजिकका साथीहरुसँग अधिक जानकारी शेयर गर्न सक्नेछन् ।
काठमाडौं । नेपाल टेलिकमले मोबाइलमा नेटवर्क नहुने वा ब्याट्री सकिएर मोबाइल स्वीच अफ भएको अवस्थामा समेत कल आएको बारेमा जानकारी लिन सकिने सुविधा ल्याएको छ ।
काठमाडौं । नेपाल टेलिकमले महेन्द्रनगरमा फाइबर टु द होम (एफटीटीएच) सेवा सुरु गरेको छ । टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच सेवा संचालनमा ल्याएको हो ।
काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालिले सफलतापूर्वक विभिन्न दुई वटा स्थान इटहरी र बीर्तामोडमा क्रमशː २८ र ३० अगष्टमा सामसुङ मोबाइल रिटेलर्स मिट आयोजना गरेको छ ।