काठमाडौं । विश्वव्यापी रुपमा महामारी बनेर फैलिरेको कोरोनाभाइरसको विरुद्ध लकडाउनमा बस्दै जुधिरहँदा बजारमा सजिलै रिचार्ज कार्डहरु नपाइन सक्छन् । कहाँ के भईरहेको छ भनेर जान्न तथा बुझ्न हामीलाई दूरसञ्चार सेवा नभई हुन्न ।
काठमाडौं । नेपालको सबैभन्दा ठूलो ब्रोडव्यान्ड सर्भिस प्रोभाइडर वर्ल्डलिंकले लकडाउनको समयमा सेवाप्रवाह गर्ने जिम्मेवारी बहन गर्नु अति आवश्यक भएसँगै देशभरका प्रत्येक शाखा कार्यालयहरुमा फिल्ड सपोर्टका कर्मचारीहरु रहने गरी आइसोलेटेड समूहको स्थापना गरेको छ ।
शन्चन, चीन । ओपोले पूर्णतः नेक्स्ट जेनरेशन फाइनजी नेटवर्कमा आधारित भई भ्वाइस र भिडियो कल गर्ने कार्यमा सफलता हात पारेको घोषणा गरेको छ । यस कार्यमा सफलताका साथै अब उच्च गुणस्तरिय फाइभजी अनुभव वास्तविकताको थप नजिक पुगेको छ ।
काठमाडौं । नोकियाले हाल कोरोनाभाइरस महामारीका कारण आफ्नो रिपेयर एण्ड रिटन्र्स सेवा (मर्मत तथा अन्य सेवा)को वारेन्टीमा ४५ दिनको म्याद थप गरेको जानकारी दिएको छ ।
काठमाडौं । नेपाल टेलिकमले कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीहरुका तर्फबाट २ करोड रुपैयाँ प्रदान गरिएको हो ।
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णय अनुसार बिहीबार (चैत्र २०) बाट लागुहुने गरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ । यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डेटा प्रयोग गरी आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन्
काठमाण्डौ। इसेवा फोन पे प्रालिले विगत केही दिनदेखि एउटा समाचार पोर्टलको न्यूज हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य गरेको भन्दै खेद प्रकट गरेको छ।
काठमाडौं । आज विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र भाइबरले कोभिड–१९ को सन्दर्भमा प्रवाह हुने गलत सूचना विरुद्ध अभियान छेड्न एकआपसमा समझदारी गरेका छन् । जुन बहु–भाषिक अन्तरक्रियात्मक च्याटबट विश्वव्यापी रुपमा उपलब्ध हुनेछ । यो बटको एकमात्र उद्देश्य भनेकै भाइरसको विषयलाई लिएर तीव्रगतिमा फैलाइने झुठो जा