काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स र स्वरोजगार लघुवित्त विकास बैंकको हकप्रद शेयर सूचिकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुवै कम्पनीको हकप्रद शेयर आज सूचिकृत भएको हो ।
काठमाडौं । लगानीकर्ताहरू हिजो आइतवारदेखि पूँजीबजारको सुधारका लागि विभिन्न माग राखेर अनशनमा बसेपछि नेपाल धितोपत्र बोर्डले ती मागका सम्बन्धमा आफू संवेदनशील भएको बताउँदै संयमता अपनाउन आग्रह गरेको छ ।
काठमाडौं । आजदेखि शेयर कारोबार अनलाइनबाटै हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले अनलाइन शेयर कारोबारका लागि आवश्यक सबै प्राविधिक तयारी सम्पन्न गरेर आजबाटै अनलाइन शेयर कारोबार शुरू गर्न लागेको हो ।
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३२औं वार्षिक साधारणसभा माघ ७ गते बस्ने भएको छ । बैंकले सोही प्रयोजनका लागि पुस २९ देखि माघ ७ गतेसम्मका लागि बुक क्लोज गर्ने भएको छ ।