काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ८०.२९ अंकले घटेर दुई हजार ६ सय ५१ दशमलब ४९ विन्दुमा पुगेको हो । त्यस्तै, आज ५ अर्ब ८३ करोड ५१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमा राताम्मे छाएको छ ।
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव सहित सर्वसाधारणलाई एफपिओ निष्काशन गर्ने विशेष प्रस्तावपारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले पुस २ गते ६२औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर ९ गतेको सञ्चालक समितिको बैठक बैंकको प्र्रधान कार्र्यालय, धर्मपथ, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।
काठमाडौं । एनआईसी एशिया क्यापिटलले ‘इन्कम ग्यारेन्टेड फण्ड’ लगानी व्यवस्थापन योजना सार्वजनिक गरेको छ । योजनामा सहभागी हुन न्यूनतम १० लाख रुपैयाँ लगानी गर्नुपर्नेछ ।