काठमाडौं । प्राइम कर्मशियल बैंक लिमिटेडले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले रू. २ अर्ब ५० करोड बरावरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि पुस २१ गते बोर्डमा निवेदन दिएको हो ।
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएकाे छ । उक्त आर्थिक वर्षको वित्तीय विवरण पुस २५ गते स्वीकृत भएपछि लाभांश पनि स्वीकृत भएकाे हाे ।
काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ । समितिले सोमबार निर्जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै नगद लाभांश वितरण नगर्न निर्देशन दिएको हो ।
काठमाडौं । पुस २६ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका पहिलो दिन आज आइतबार उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ७३.१ अंकले बढेर दुई हजार ७ सय ६५ दशमलब ४७ विन्दुमा पुगेको हो ।