काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ।
काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ढ कन्स्ट्रक्सन लिमिटेडको आईपीओ साउन १८ गते, बुधबार अर्थात आज बाँडफाँट हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँट हुने भएको हो।
काठमाडौं । श्वेत गंगा हाइड्रोपावरको आइपीओ आज (साउन १८ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत २ लाख २७ हजार २ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् ।
काठमाडौं । अभियान लघुवित्तले आज (साउन १८ गते) देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको ।
काठमाडौं । एभरेष्ट बैंकले आज (साउन १८ गते) बाट २० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको छ । यसमध्ये १२ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो ।
काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा अधिकांश सूचकमा प्रगति गरेको छ । बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । खुद नाफा १२.७८% ले बढेर ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।
काठमाडौं । ङादी ग्रुप पावरले आज (साउन १८ गते) देखि १५०% हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले भदौ ६ गतेदेखि १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।