काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनी चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ७ करोड ७३ लाख नोक्सानीमा रहेको छ । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले रू. ६० लाख २२ हजार नाफा कमाएको थियो ।