१०.३० प्रतिशत ब्याजदरको ऋणपत्र जारी गर्दै स्ट्याण्डर्ड चार्टर्ड बैंक |
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । उक्त ऋणपत्र जारी गर्नका लागि बैंकले सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृती प्राप्त गरिसकेको छ ।

