काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त विद्युत आयोजना अघि बढाउने भएको छ । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री पम्फा भुसालले प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजना अघि बढाउने जानकारी दिइन् ।