काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समयमा मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु लान रोक लगाएको छ । आयोगले मंगलबार मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन जारी गरेको छ ।