अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन्। अमेरिकालाई गौरवशाली र महान मुलुक बनाउन २०२४ को निर्वाचनमा उम्मेदवारी दिने घोषणा ट्रम्पले गरेको सिएनएनले जनाएको छ।
काठमाडौं । चालू आर्थिक वर्षको ३ महिनामा नेपालको वैदेशिक व्यापार खुम्चिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार आयात र निर्यात दुवै खुम्चिएको हो ।
काठमाडौं । निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर हुने निर्णय गरेसँगै मेहताको उम्मेदवारी खारेज भएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा मंसिर १ देखि निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार सो निर्णय गरेका हुन् ।
काठमाडौं । सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको गुनासो बढेपछि काठमाडौं महानगरपालिकाले अनुगमन समिति गठन गर्ने भएको छ । मंगलबार आयोजित महानगरको नगरकार्यपालिका बैठकमा नगर प्रमुख बालेन्द्र (बालेन) शाहले उक्त प्रस्ताव गरेका हुन ।
काठमाडौं । आगामी अर्थात नोभेम्बर २० देखि कतारमा सुरू हुने फिफा विश्वकप फुटबलका लागि कूल ८३१ खेलाडी दर्ता भएका छन् । कतार विश्वकप खेल्नका लागि ३२ राष्ट्रबाट कूल ८३१ खेलाडी छनोट भएका हुन् ।