काठमाडौं । नेपाल-भारत कूटनैतिक सम्बन्ध तथा विकास साझेदारीको सफलतापूर्वक ७५ वर्ष पूरा भएको छ । सोही अवसरमा सोमबार राजधानीमा नेपालका लागि भारती दूतावासले ‘इन्डिया-नेपाल डेभलपमेन्ट पार्टनसिप कनक्लिभ’ को आयोजना गर्दै ७५ वर्ष, ७५ विकास कार्यक्रमको साझेदारीको घोषणा गरेको छ ।