काठमाडौं । पछिल्लो समय सहकारीहरु समस्याग्रस्त बन्दै गएकोले सरकारले सहकारी संस्थामा २५ लाख भन्दा बढीको निक्षेप राख्न नपाउने व्यवस्था गर्न लागेको छ । यसबारे राष्ट्रिय सहकारी महासंघ लि.नेपालले विरोध जनाएको छ ।
काठमाडौं । पश्चिम सेती जलविद्युत् आयोजनासँगै बनाउने भनिएको सेती रिभर-६ (एसआर-६) आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिनका लागि भारतीय कम्पनी नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपिसी) लिमिटेडले आवेदन दिएको छ ।
काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस हप्ताको आफ्नो नयाँ ग्लोबल इकोनोमिक आउटलुक रिपोर्टमा सन् २०२३ मा न्यून आर्थिक वृद्धिकाबीच विश्वव्यापी मुद्रास्फीतिमा कमी आउने प्रक्षेपण गरेको छ।
काठमाडौं । नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान आजबाट शुरु हुँदैछ । गत माघ २६ गतेको केन्द्रीय सचिवालय बैठकले सातैवटा प्रदेशमा ५ फागुनदेखि अभियान चलाउने निर्णय गरेको थियो ।
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् ।
काठमाडौं । मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको आज दुई शल्यक्रिया गरिंदै छ । बिहान १०ः३० बजे पहिलो र दिउँसो १ः३० बजे दोस्रो शल्यक्रिया हुने भण्डारीसँगै मुम्बईमा रहेका नेपाली कांग्रेसका नेता योगराज कँडेलले जानकारी दिए ।
काठमाडौं । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईतर्फ लैजान अस्पतालबाट निकालिएको छ।