विराटनगर । काठमाडौंबाहिरका चारओटा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रूपमा विस्तार गर्ने सरकारको योजनामुताबिक विराटनगर विमानस्थलको स्तरोन्नति गर्न लागिएको छ ।
नेपालमा मनसुन भित्रिइसके पनि देशभर सक्रिय हुन अझै केही दिन लाग्ने भएको छ । मौसमविद समीर श्रेष्ठका अनुसार जुन १५ तारिखभित्र मनसुन देशभर सक्रिय हुने बताए । जेठ २५ गते अर्थात ८ जुनदेखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरेको थियो । नेपालमा सामान्यतया १० जुनमा प्रवेश गर्ने गर्दछ । तर वर्षको मनसुन दुई
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०७५÷७६ को बजेट कार्यान्वयनका लागि असार २५ भित्रै ठोस कार्ययोजना बनाउने भएको छ । त्यसका लागि सबै मन्त्री तथा सचिवलाई शुक्रवारै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
काठमाडौं । दरौंदी–१ जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ । कालिका ग्रूपअन्तर्गतको डायमण्ड हाइड्रोपावरले प्रवद्र्धन गरेको उक्त आयोजनाका लागि तीन बैङ्कले १ अर्ब ३४ करोड ८० लाख रुपैयाँ लगानी गर्ने गरी परियोजना कर्जाको वित्तीय व्यवस्थापन भएको हो ।
विराटनगर । लामो समयदेखि खाल्डा–खुल्डी र धूलोले ग्रस्त विराटनगरको बसपार्क केही दिनभित्रै सञ्चालनमा आउने भएको छ । विराटनगरवासीले तोकिएकै समयमा बस टर्मिनल (पार्क) निर्माण सम्पन्न भएपछि राहत महसूस गरेका छन् ।
काठमाडौं (आपास) । विभिन्न अन्तरराष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको आरोप लागेका फुटबल खेलाडीलाई बिहीवार विशेष अदालतले सफाइ दिएको छ । उनीहरुलाई विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलाशले सफाइ दिएको हो ।
काठमाडौं आपास) । नेपाल आयल निगमको कार्यकारी निर्देशक अब खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले निगमको कार्यकारी निर्देशक पद त्यस्तो प्रक्रियाबाट पूर्ति गरिने बताएका हुन् ।
काठमाडौं । निजी जग्गामा लगाइएको वन पैदावारलाई कटान गरी विक्री गर्ने सोचाइमा हुनुहुन्छ ? यदि त्यस्तो हो भने अबदेखि कानूनको फन्दामा परी तपाईंलाई सजायसमेत हुन सक्छ ।
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गरिने भनिएको १४ मेगावाटको घारखोला जलविद्युत् आयोजनाको निर्माण कार्य शुरू भएको छ । रू. २ अर्ब ४१ करोड ५८ लाख लागतको सो आयोजना म्याग्दी हाइड्रोपावर लिमिटेडले निर्माण गर्न थालेको हो ।
काठमाडौं । लगानी बोर्डले पश्चिम सेती जलविद्युत् परियोजनाको विकास कर्ता कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पोरेसन ९सिटिजिआइ०ले बुझाएको प्रतिवेदनका विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ । प्रदेश ७ मा अवस्थित ७५० मेगावाट क्षमताको उक्त परियोजना सिटिजिआइले परियोजना आर्थिकरुपमा सम्भाव्य बनाउने विषयमा थप