काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पारेको प्रभाव तथा अन्योलबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
चितवन । हिन्दू महिलाहरूको महान् चाड तीजको पूर्वसन्ध्यामा नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा खसेको पहिरोका कारण गएरातिदेखि उक्त सडक अवरुद्ध भएको छ ।
काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत् आयोजना अझै पनि बन्ने छाँट देखिएन । उक्त आयोजनाको निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जीएमआर लगानी जुटाउन नसकेपछि पुनः १ वर्ष म्याद थप गर्न प्रस्ताव गरेको छ ।