यिङ–यिङ र ले–ले बीच सम्भोग नभएको लगभग दस वर्ष नाघेको थियो । आफ्नो प्राकृतिक बासस्थानबाट टाढिएपछि मनमा संसर्गको हरक नै आउन छाडेको हो कि ! वा, यो पनि हुनसक्छ, मनमा हरक जागे पनि दिनरात पछ्याइरहने सयौं जोडी मानव–आँखा छलेर यिनले आफ्नो निम्ति सुटुक्क समय निकाल्नै भ्याएनन् ।